भारतको ६६ औं राष्ट्रिय फिल्म अवार्डमा 'अन्धाधुन' सर्वोत्कृष्ट हिन्दी सिनेमा बनेको छ।
सोही सिनेमाबाट आयुष्मान खुर्राना सर्वोत्कृष्ट अभिनेता बनेका छन्। आयुष्मानसँगै सो विधामा 'उरी' अभिनेता विक्की कौशल पनि सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन्।
![Image result for andhadhun](https://www.hindustantimes.com/rf/image_size_960x540/HT/p2/2018/10/05/Pictures/_242a1268-c870-11e8-978e-6307977af0b0.jpg)
हिन्दीतर्फ 'अन्धाधुन' सर्वोत्कृष्ट सिनेमा घोषित भएपनि सर्वोत्कृष्ट सिनेमाको अवार्ड भने गुजराती सिनेमा 'हेलारू'ले जितेको छ।
शुक्रबार भारतले राष्ट्रिय फिल्म अवार्ड विजेताहरूको घोषणा गरेको हो। यसैगरी अभिनेत्रीको अवार्ड भने कीर्ति सुरेशले 'महानती' सिनेमाबाट जितेकी छन्।
![Image result for Mahanati](https://www.hindustantimes.com/rf/image_size_960x540/HT/p2/2018/05/10/Pictures/_8259883c-542b-11e8-ae13-d985d3701f4e.jpg)
यस्तै 'उरी'का निर्देशक आदित्य धार सर्वोत्कृष्ट निर्देशक भए।
त्यसैगरी 'पद्मावत' सिनेमाका लागि संजय लिला भन्साली सर्वोत्कृष्ट संगीतकार घोषित हुँदा यश स्टारर 'केजिएफ'ले एक्सन तथा स्पेसल इफेक्ट तर्फको दुई अवार्ड जितेको छ।
![Image result for uri](https://s3.ap-southeast-1.amazonaws.com/images.asianage.com/images/aa-Cover-1h2b2tfsmapaqov35v9kav1sq2-20190112005600.Medi.jpeg)