अभिनेत्री क्याटरिना कैफले जीवनको एक समय आफूलाई काममा भन्दा पनि अन्य कुरामा ध्यान भड्किएको बताएकी छिन्।
उनले कामबाट भड्किएपनि त्यसमा आफूलाई कुनै पछुतो नभएको पनि खुलाइन।
यसरी उनले संकेत गरेको 'अन्य काम' अरू नभइ उनको प्रेम सम्बन्ध हो।
क्याटरिना पछिल्लो समय रणवीर कपुरसँग प्रेममा थिइन। प्रेमपछि उनीहरू सँगै बस्न थालेका थिए भने उनीहरू संयूक्तरूपमा बस्नाका लागो घरसमेत किनेका थिए।
हाल रणवीर अर्की अभिनत्री आलिया भट्टसँग सम्बन्धमा छन् भने क्याटरिनाले आफू एक्लै रहेको बताउँदै आएकी छिन्।
'मेरो जीन्दगीमा यस्तो समय पनि आयो जब मेरो ध्यान काममा भन्दा पनि पनि अरू कुरामा धेरै जान्थ्यो। त्यतिबेला मेरो पूरा ध्यान प्रेमसम्बन्धमा थियो र म त्यसमा खुशी थिएँ। मलाई त्यसबारेमा पछुतो पनि छैन', उनले भनिन्।
क्याटरिनाले त्यसपछि उनको जीवनमा परिवर्तन आएको बताइन्।
'यसपछि मेरो जीवनमा परिवर्तन आयो। म काम र मैले निभाउने पात्रका बारेमा धेरै सोच्न थालेकी छु, मलाई लाग्छ मैले धेरै मेहेनत गरिरहेको छु', उनले भनिन्।
क्याटरिना अभिनित 'भारत' यसै साता जुन ५ मा रिलिज हुँदैछ।