प्रहरीलाई केन्द्रिय पात्र बनाउँदै 'सिंघम', 'सिंघम रिटन्स' तथा 'सिम्बा' जस्ता सिनेमा बनाएका रोहित शेट्टीले हाल अक्षय कुमारसँग मिलेर 'सूर्यवंशी' नामक अर्को पुलिसको कथामा सिनेमा बनाइ रहेका छन्।
यसरी एकपछि अर्को पुलिसको कथामा सिनेमा बनाइरहेका रोहितले अब 'लेडी सिंघम'मा आधारित सिनेमा बनाउने योजना रहेको बताएका छन्।
उनले 'सिंघम'को दुई भाग बनाइसकेपछि आफूले प्रहरीको कथामा थप पात्र र कथालाई विस्तार गर्ने सोच बनाएको बताउँदै आफ्नो यो नयाँ योजना सुनाएका हुन्। उनले प्रहरीको कथा भनेर पुलिसको संसारलाई सिनेमामा थप फराकिलो बनाउन चाहेको बताए।
यसरी बनाइएका सिनेमा सबै सिनेमाका प्रहरीहरू एकअर्काको सिनेमा देखिनेछन्। 'सिम्बा'मा अजय र अक्षय देखिएका थिए। अब 'सूर्यवंशी'मा अजय र रणवीर सिंह देखिनेछन्।
रोहितले बजेटका कारण बलिउडमा 'एभेन्जर्स' जस्ता सिनेमा बनाउन मुश्किल हुने भएकाले यस्तै कथामा सिनेमालाई फराकिलो बनाउन लागेको बताए।
उनले महिला पुलिसको कथा पेश गर्ने बताएकाले उनको सिनेमा अभिनय गर्ने महिला अभिनेत्री को हुनेछिन् भन्ने कुराले रोहितका दर्शकहरूमा कौतुहल्ता भने राम्रै जाग्ने देखिएको छ।