रोहित शेट्टीको निर्माण तथा निर्देशनमा बन्ने ‘सूर्यवंशी’मा अभिनेता अक्षयकुमारसँग क्याटरिना कैफको जोडी बाँधिने भएको छ।
दुबैले यसअघि ‘हमको दिवाना कर गए’, ‘नमस्ते लण्डन’, तीस मार खान’, दे दना दन’, सिंह इज किङ’ तथा 'वेलकम' जस्ता सिनेमामा एकसाथ काम गरिसकेका छन्।

उनीहरूले सिनेमाको पोस्टरका लागि तस्विर पनि खिचाइसकेको बताइएको छ। सिनेमाको सुटिङ जुनबाट सुरू हुनेछ। ‘सूर्यवंशी’ आगामी वर्षको सुरूवाततिर रिलिज हुनेछ।