पहिलो दिन सन् २०१९ कै सर्वाधिक ठूलो ओपनिङ गरेको आलिया भट्ट तथा बरूण धवन स्टारर ‘कंलक’ सुस्ताउन थालेको छ।
सिनेमाको कमाइ दोश्रो दिनबाट घट्न थालेको थियो। सिनेमाले समीक्षक तथा दर्शकहरूबाट राम्रो प्रतिक्रिया बटुल्न असफल भएपछि सिनेमाको कमाइको रफ्तार कम हुँदै गएको हो।
सिनेमाले रिलिजको दिन बुधबार २१.६० करोड भारू कमाइ गरेको सिनेमाले ४ दिनको अवधिमा ५४.४ करोडको कमाइ गरेको छ, जुन अपेक्षित ब्यापार होइम। सिनेमाले दोश्रो दिन ११.४५ करोड कमाइ गर्दा तेश्रो र चौथो दिन क्रमशः ११.६० करोड र ९.२५ करोड भारू मात्र कमाउन सक्यो।
यसै सिनेमाबाट २० वर्षपछि माधुरी दिक्षित तथा संजय दत्त एकसाथ पर्दामा फर्किएका थिए। भारतमा जारी लोकसभा चुनावले पनि सिनेमाको कमाइमा असर गरेको छ। सिनेमा ८० करोडको बजेटमा बनेको हो।
सिनेमालाई चर्चित निर्माता तथा निर्देशक करण जोहरले निर्माण गरेका हुन्।