‘उरी’ अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन्। घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ।
बलिउड सिनेमाका व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गर्दै विक्की घाइते भएको जानकारी दिका हुन्। उनका अनुसार एक दुर्घटनामा उनी गम्भीर घाइते बनेका हुन्। गुजराजमा एक सिनेमाको सुटिङमा उनी घाइते भएको उनको भनाइ छ।

उनी एक एक्सन दृश्यका क्रममा घाइते भएका हुन्। सुटिङका बेला ढओका उनीमाथी खसेपछि उनी घाइते भएका हुन्। घटना अप्रिल १८ मा भएको हो।
घाइते भएका बिक्कीलाई स्थानिय एक अस्पतालमा प्रारम्भिक उपचार गरेपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई ल्याइएको थियो। उनको पछिल्लो अवस्ता बारेमा भने केहो सार्वजनिक नऐको भारतीय संचारमाध्यमले जनाएका छन्।