मल्यालम सिनेमाका सुपरस्टार मोहनलालको पछिल्लो रिलिज ‘लुसिफर’ले वक्सअफिसमा सर्वाधिक छिटो सय करोड कमाउने मल्यालम सिनेमाको कीर्तिमान कायम गरेको छ।
सिनेमाले रिलिजको आठौं दिनमा यो कीर्तिमान कायम गरेको हो।
मोहनलालको सय करोड भारू कमाउने यो तेश्रो सिनेमा हो। सिनेमालाई पृथ्वीराज सुकुमारनले निर्देशन गरेका हुन्। ट्वीटरबाट मोहनलालले सिनेमाले पाएको सफलतालाई सार्वजनिक गरेका हुन्।
पोलेटिक्ल थ्रिलर सिनेमामा मोहनलाल स्टेफन नेडुप्ले नामक पात्रको भूमिकामा रहेका छन्। उनको अलावा सिनेमामा विवेक ओवरोय, टोभिनो थोमस तथा मन्जु वारियरको प्रमुख भूमिका छ।