बलिउड अभिनेता वरूण धवनलाई एक फ्यानले उनकी प्रेमीका नताशा दलालको हत्या गर्ने धम्की दिएकी छन्।
भारतीय संचारमाध्यमका अनुसार वरूणलाई भेट्न उनको घर पुगेकी महिला फ्यानले भेट नपाएपछि अभद्र व्यवहार देखाउँदै ‘म नताशालाई मार्दिन्छु’ भनेकी थिइन्।
यस्तो धम्की आएपछि आफ्नो स्टारडमको मूल्य आफ्ना नजिकका मान्छेले चुकाउन नहुने वरूणले बताएका छन्।
सो घटनामा युवतीले वरूणको घर अगाडीबाट जान अस्वीकार गरेपछि स्थानिय पुलिसलाई सोको सूचना दिइएको थियो।
‘पुलिसले केस हेरिरहेको छ, त्यसैले यसबारेमा म केहि बोल्दिन। मेरो विचारमा यो गलत कुरा हो। मेरो सेलिब्रेटी पहिचानको मूल्य मेरा नजिकका मान्छेले चुकाउनु हुँदैन्’, वरूणले भने।
उनले आफुले फ्यानहरूलाई सकेसम्मको समय उपलब्ध गराउँदै भेट्ने गरेको बताए।
‘म उनीहरूका लागि सँधै समय निकाल्ने गर्छु। उनीहरूले जति माया मलाई गर्छन्, म उनीहरूलाई उतिनै माया गर्छु तर यसका कारण कुनै नराम्रो घटनाको अपेक्षा गर्न सकिन्न’, वरूण अगाडी भने।
वरूण अभिनित ‘कंलक’ अप्रिल १७ मा रिलिज हुँदैछ।