कार्तिक आर्यन तथा कृति सेनन स्टारर 'लुका छुप्पी' सिनेमाले दर्शकहरूको मन जित्दै ५ दिनमा ५५ करोड भारू रूपैयाँ कमाउन सफल भएको छ। सिनेमाले यो रकम विश्वव्यापीरूपमा कमाएको हो।
राम्रो सुरूवाती व्यापारसमेत गरेको यस सिनेमाले 'लिव इन'मा बसेर विवाह गर्ने निर्णय गरेपछि घट्ने घटनाक्रमको सेरोफेरोमा आफ्नो कथा भन्छ। हास्य रसमा आधारित सिनेमालाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन्।
सिनेमाले रिलिजको दिन शक्रबार ८.०१ करोड भारू कमाएको थियो भने शनिवार १०.०८ करोड कमाएको थियो। यस्ते आइतबार बिदाको दिन १४.०४ कमाएको सिनेमाले चौथो दिन ७.९० करोड कमाइ गर्यो। मंगलबार सिनेमाको कमाइ ५.०४ रहेको छ। यसरी भारतबाट कुल ४५.०७ करोड भारू कमाएको सिनेमाले बाँकी कमाइ भारतबाहिर गरेको हो।
सोहि मितिमा रिलिज भएको 'सोनचिढिया' भने वक्सअफिसमा फ्ल्प भएको छ।