तेलेगु अभिनेता अल्लु अर्जुनले सोमबार आफ्नो नयाँ सिनेमाको घोषणा गरेका छन्। शीर्षक नराखिएको सो सिनेमालाई अल्लु अर्जुनलाई विशेष चर्चा दिलाएको 'आर्या' सिनेमाका निर्देशक सुकुमारले निर्देशन गर्नछन्।
यी दुईको यो तेश्रो सहकार्य हो। अल्लुले उनीसँग 'आर्या' र 'आर्या २'मा एकसाथ काम गरेका थिए। सिनेमाको सुटिङ् यसै वर्षको मध्यबाट सुरू हुनेछ। यस सिनेमा अघि अल्लु त्रिविक्रमको निर्देशन रहने सिनेमा पूरा गर्नेछन्।
यस सिनेमाका लागि अल्लु अघि पहिलो रोजाइमा महेश बाबु थिए। उनीहरूबिच सिनेमालाई लिएर मतभिन्नता भएपछि महेश बाबुले सिनेमाबाट हात झिकेका हुन्।
महेशले ट्विट गर्दै आफू सिनेमाबाट अलग भएको घोषणा गरेका हुन्। उनले अलग भएको घोषणासँगै सिनेमाका लागि सुकुमारलाई सिनेमा सफलताको शुभ-कामना पनि दिएका छन्।
सिनेमाको बावकी कास्ट र क्रुको बारेमा भने केहि सार्वजनिक गरिएको छ।