यस वर्ष हिट सिनेमाको सूचीमा परेको कंगना रनावत निर्मित, निर्देशित तथा अभिनित 'मणिकर्णिका' सिनेमाको सुटिङको एक दृश्य सार्वजनिक भएपछि कंगना ट्रोलको सिकार भएकी छन्।
सिनेमामा उनी झाँसीका रानी लक्ष्मी बाई बनेकी छन्। सिनेमामा सो पात्रका रूपमा उनले थुप्रै एक्सन दृश्य दिएकी छन्। उनले तरवार चलाएकी छन् घोडा दौडाएकी छन्। तर सार्वजनिक भएको भिडियोमा उनले दौडाएको सो घोडा असली नभई नक्कली भएको सो भिडियोले देखाएको छ।
यही भिडियो सार्वजनिक भएपछि उनलाई ठट्टाको विषय बनाइएको हो। सिनेमाको छायांकन यसरी हुनु स्वभाविक हो। थुप्रै सिनेमामा प्रयोग गरिने यस किसिमको कामलाई चिटिङ सट भनिन्छ।
हेर्नुस् भिडियो: