रणवीर सिंह तथा आलिया भट् स्टारर 'गली व्वाई' रिलिजकै दिन अनलाइन पाइरेसीको सिकार भएको छ। तमिल रकर नामक पाइरेसी वेवसाइटले सिनेमालाई रिलिजको दिनमा नै लिक गरिदिएको हो।
तमिल रकरले यसअघि पनि थुप्रै सिनेमालाई रिलिजको दिनमा नै अनलाइनमा लिक गर्ने गरेको छ। हिपहप गायकको कथामा आधारित सिनेमाले लिक भए पनि रिलिजको दिन १८.७० करोड भारू कमाइ गर्दै वक्सअफिसमा गतिलो सुरूवात गरेको छ।
सिनेमाले दर्शक तथा समिक्षकबाट राम्रो तारिफ पनि बटुल्न सफल भएको छ। थुप्रै समिक्षकले यसलाई यस वर्षको पहिलो गतिलो बलिउड सिनेमा भनेका छन्।
सिनेमालाई जोया अख्तरले निर्देशन गरेकी हुन्। जोयाको यो सिनेमा भारतिय र्यापरहरू डिभाइन र नेजीको जीवनमा आधारित रहेको छ। सिनेमामा रणविर 'मुराद'नामक समुकुम्बासी बस्तिका एक र्यापरको भूमिकामा छन्।