फिल्म तथा टेलिभिजन कार्यक्रम निर्माता एकता कपूर आमा बनेकी छन्। उनी 'सरोगेसी' मार्फत् जन्मिएको छोराकी आमा भएकी हुन्। मुम्बई मिरर अखबारका अनुसार उनको बच्चा यही जनवरी २७ मा जन्मिएको हो।
एकता अभिनेता जितेन्द्र र निर्माता शोभा कपूरकी छोरी हुन्। एकता भाइ तुसार कपूरले पनि सन् २०१७ मा वर्ष सरोगेसीमार्फत् एक बच्चाका बाबु बनेका थिए। उनका छोराको नाम 'लक्ष्य' एकताले नै राखिदिएकी थिइन्। तुसारको बच्चा अहिले साढे दुई वर्ष भइसकेको छ।
एक वर्षअघि एकताले लक्ष्य आफ्नो जीन्दगीमा आएपछि जीवन नै परिवर्तन भएको बताएकी थिइन्।
'उसले मेरो जीवनमा नयाँ रङ थपेको छ। काममा जाँदा पनि म उसलाई एकदमै मिस गरिरहन्छु। मेरो जीवनको लक्ष्य नै लक्ष्यको हेरचाह गर्नु हो,' एकताले भनेकी थिइन्।
भाइको छोरालाई धेरै माया गर्ने बताउँदै आएकी एकताको अब आफ्नै पनि छोरा भएको छ।
एकताले पछिल्लो समय 'विरे द वेडिङ र लैला मजनु' फिल्म बनाएकी थिइन् भने 'नागिन-३, दिल ही तो है, कयामत कि रात' जस्ता सिरियल चलिरहेका छन्। हाल उनी उनको चर्चित सिरियल 'कसौटी जीन्दगीके' को पुनः नयाँ संस्करण बनाउने तयारीमा छन्।