साल २०१९ को पहिलो बलिउड वक्स अफिस हिट बनेको 'उरी: द सर्जिकल स्ट्राइक' सिनेमाले सय करोड भारू कमाउने अनुमान गर्न थालिएको छ।
रिलिजको आठौं दिन सम्ममा सिनेमाले ७८.५४ करोड भारू कमाइ गरेपछि बलिउड वितरकहरूले सिनेमा सय करोडको वक्स अफिस मानकमा जाने बताएका हुन्।
वितरक अक्षय राठीले सिनेमाले सय करोडको आँकडा पार गरे नौलो नहुने बताएका छन्।
'सिनेमाले पक्रहेको रफ्तारलाई हेर्ने भने सिनेमाले सय करोडको आँकडा पार गरेमा आश्च्रय मान्ने छैन। सिनेमाले दोश्रो सातामा पनि राम्रो कमाइ गर्नेछ', राठीले भने, 'यो अर्को 'राजी' बन्न सक्छ।'
उनले गत वर्ष आलिया भट्ट स्टारर राजीले पनि सय करोडपारीको कमाइ गर्ने आशा नराखेकोमा सिनेमाले सबैलाई गलत सावित गरेको र यो वर्ष 'उरी'ले आफ्नो रफ्तारलाई कायम राखेकाले सिनेमाले सो कमाइ गर्ने बताए।
'उरी' सिनेमामा विक्की कौशलको प्रमुख भूमिका रहेको छ। सिनेमालाई डेब्यू निर्देशक आदित्य धारले निर्देशन गरेका हुन्।