शुक्रबारबाट इमरान हासमी स्टारर 'ह्वाइ चिट इन्डिया' रिलिज हुँदैछ। रिलिजअघि सिनेमाको नाम परिवर्तन गर्न लगाइयो। 'चिट इन्डिया' नाम राखिएको भएपनि भारतिय सेन्सर बोर्डले नाम परिवर्तन गरेर मात्र प्रदर्शन अनुमति दिने बताएपछि सिनेमा निर्माण टिम साविकको नाम परिवर्तन गरेर 'ह्वाइ चिट इन्डिया' राख्न बाध्य भयो।
सेन्सरको अड्को एकातर्फ रह्यो भने सिनेमाका मूख्य अभिनेता इमरानले सिनेमामा आफूलाई अड्को थापेर चुम्बनको दृश्यदिन बाध्य पारेको खुलासा गरेका छन्।
लगातारका सिनेमामा अभिनेत्रीसँग चुम्बनको दृश्य दिएर बलिउडका सिरियल किसरको उपाधि पाएका इमरान यसपटक पर्दामा चुम्बनको दृश्य नहोस भन्ने चाहन्थे तर त्यसबाट उनले धर नपाएको बताए।
एक अन्तरवार्तामा उनले यसबारेमा खुलासा गरेका हुन्।
सिनेमा गर्ने तय भएपछि उनी र निर्देशक सिनेमामा कुनै त्यस्तो चुम्बन दृश्य नराख्नेमा राजी भएका थिए तर निर्माताहरूको दबाबले सिनेमामा चुम्बनको दृश्य दिन बाध्य भएको बताए।
'मैले विरोध गरें तर निर्माताहरूले अड्को थापेपछि सिनेमाको अन्तिम दृश्यका रूपमा यसलाई छायाँकन गरियो', इमरानले भने।
उनले सिनेमामा अनिवार्य चुम्बन दृश्य दिएपनि पहिलो सिनेमामा १० चुम्बन रहेकोमा त्यसपछिका सिनेमामा १ मा झारेको भन्दै बचाउ पनि गरे।
हुनसक्छ आगामी सिनेमामा त्यो हुनेछैन तर एउटा त छ। मेरो पहिलो सिनेमामा १० वटा थियो यसमा एउटा मात्र छ जुन एउटा प्रगति हो', उनले थपे।
उनको रिलिज उन्मुख सिनेमाले भारतिय शिक्षा क्षेत्रमा रहिरहेको चोरी गर्ने प्रवृत्तिलाई आफ्नो विषय बनाएको छ।