दुई वर्षयता शाहरुख खानका कुनै पनि सिनेमाले वक्सअफिसमा पैसा कमाउन सकेनन्। यस वर्ष रिलिज भएको उनी अभिनित 'जिरो' दर्शक र समिक्षक दुबैबाट आलोचित भयो।
केहि समय पहिले आफूलाई विभिन्न भूमिकामा परिक्षण गर्दै आएका शाहरुख भारतका पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको वायोपिक सिनेमा काम गर्ने खबर सार्वजनिक भएको थियो।
सो सिनेमा पनि उनीअघि आमिर खानले गर्ने तय भएको थियो पछि आमिर आफ्नो महत्वाकाक्षीं प्रोजेक्ट 'महाभारत'मा व्यस्त हुनेभएपछि निस्किए। आमिरकै सुझावमा शाहरुख सो सिनेमामा जोडिए। सो रोलका लागि आफूलाई सिफारिस गरेको भन्दै शाहरुखले आमिरलाई धन्यवाद समेत दिए।
तर हाल आएर त्यसमा नयाँमोड आएको भारतीय संचारमाध्यमले जनाएका छन्। निरन्तरको फ्लप सिनेमाबाट निराश शाहरुखले 'सारे जहाँ से अच्छा' सिनेमा छाडेका छन्। त्यसको सट्टा उनी आफ्नो पुरानो सफल फ्रान्चाइज 'डन'को तेश्रो सिक्वलमा लागेका छन्।
फरहान अख्तरले हाले 'डन ३' सिनेमाको संकेत गरेका थिए। 'डन ३' बन्ने भएपछि असफल सिनेमाबाट निराश शाहरुखले 'सारे जहाँ से झच्छा'लाई छाड्दै 'डन' फ्रान्चाइजमा जोडिने निर्णय गरेका हुन्।
शाहरुखको बहिर्गमनसँगै सो सिनेमामा कसले काम गर्ने बन्ने चर्चा सुरू भएको छ।