सन् २००८ मा 'रेस' रिलिज भयो। वक्सअफिसमा सिनेमाले सफलता पायो । यो सँगै उसले समिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पनि बटुल्यो।
सिनेमामा सैफ अलि खान, अक्षय खन्ना, अनिल कपुर, विपासा बसु, क्याटरिना कैफ तथा समिरा रेड्डी प्रमुख भूमिकामा थिए।
सिनेमाको सफलताले दोश्रो सिक्वल ल्यायो। सैफ अलि, दिपिका पादुकोण, ज्याकलिन फर्नान्डिजको साथमा जोन अब्राहमको खलनायकत्व सिनेमा फेरि सफल भयो।
तत:पश्चात गत वर्ष सिनेमाको तेश्रो सिक्वल आयो नयाँ स्वरूपमा। सलमान खानको उपस्थितिले सिनेमाले पैसा त कमायो तर आफ्नो साख गुमायो। सिनेमालाई लिएर थुप्रै ट्रोलहरू बनाइए। ३०० करोड भारूको कमाइका बाबजुत सिनेमाले 'रेस' फ्रान्चाइज'को इज्जत लिलाम गरेको आरोप खेप्यो।
सिनेमामा सलमानका अलावा बबी देवल, अनिल कपुर, ज्याकलिन फर्नान्डिज, डेजी शाह तथा शकिब सलिम थिए।
सिनेमाले पाएको यस प्रतिक्रियाका कारन चौथो श्रृखंलाका लागि यसका निर्माताहरूले सैफलाई पुन: सिक्वलमा ल्याउने प्रयास गरिरहेको भारतिय संचारमाध्यमले जनाएका छन्। सिनेमाका निर्माता रमेश तुर्रानीले सिक्वलमा सैफलाई ल्याउने कसरत थालिसकेको बताइन्छ। सिनेमालाई दोश्रो श्रृखंलाबाट नै अगाडी लैजाने निर्णयका कारण उनीहरू पुन: सैफकोमा पुगेको बताइन्छ।
यसबारेमा सैफको कुनै धारणा भने बाहिर आएको छैन्।