कन्नड सिनेमा 'केजिएफ'ले केहि दिनभित्रै विश्वव्यापीरूपमा २०० करोड भारूको आँकडा पार छनक देखाउँदा शाहरुख अभिनित 'जिरो'लाई सय करोड कमाउन कठिन हुने भएको छ।
बलिउड बजार विश्लेषक तरण आदर्शले दुई भागको यस सिनेमाले हिन्दी डबमा ४० करोड छुने बताएका छन्।
हालसम्म १७६ करोडको कमाइ गरेको सिनेमाले २०० करोड छुने देखिएको भारतिय संचारमाध्यमले जनाएका छन्।
यसैगरी एकै मितिमा रिलिज भएको शाहरूख खान स्टारर 'जिरो'लाई भने सय करोडको मानक कमाइ गर्न कठिन अवस्था देखिएको छ। रिलिजको १४ दिनमा सिनेमाले जम्मा ८८.५ करोड भारूमात्र कमाइ गर्न सकेको छ।
रिलिजपश्चात सिनेमाले दर्शक तथी समीक्षक दुबैबाट आलोचना खेप्यो जबकी तत:पश्चात रिलिज भएको रणवीर सिंह स्टारर 'सिम्बा'ले २०० करोड भारूको आँकडा पार गरिसकेको छ।