बलिउड अभिनेत्रीले आफ्नो ३३ औं जन्मदिनमा आफ्नो आधिकारिक वेवसाइट सुरू गरेकी छिन्। शुक्रबार आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा उनले आफ्ना प्रशंसकहरूलाई केहि गर्न लागेको जानकारी दिएकी थिइन्।
शनिबार उनले वेबसाइट सुरू भएको जानकारी दिइन्।
इन्सट्ग्राम एकाउन्टबाट उनले दीपिकापादुकोण डटकम सुरू भएको जानकारी दिएकी थिइन्। वेबसाइट सुरू भएगत्तै ३ घण्टामा नै उनको साइट अत्याधिक ट्यारिफका क्र्यास भयो। यस्तै सर्भर झण्डै डाउनको अवस्थामा पुगेको थियो।
पछिल्लो समयकी अत्याधिक चर्चित र लोकप्रिय बलिउड अभिनेत्रीको सूचिमा रहेकी दीपिकाले यस साइटबाट उनका प्रशंसकहरूलाई आधिकारिक जानकारी लिन सजिलो हुनेछ।