'बाहुबली' फेम प्रभास अभिनित 'साहो' बलिउड अभिनेता अक्षयकुमार अभिनित 'मिसन मंगल'सँग भिड्ने पक्का भएको छ।
'साहो'का निर्माता श्रीनिवास कुमार नायडुले ट्वीटरबाट रिलिज मिति घोषणा गरेपछि दुबैको भिडन्त पक्का भएको हो।
'साहो' प्रभासको 'बाहुबली' फ्रान्चाइज पछिको पहिलो रिलिज हो। 'बाहुबली'बाट प्राप्त सफलता र चर्चाले पनि सिनेमा दर्शकका लागि प्रतिक्षित बनेको छ।
सिनेमामा अगस्ट १५ मा रिलिज हुँदैछ। सोही मितिमा अक्षयकुमार स्टारर 'मिसन मंगल' पनि रिलिज हुने तय भइसकेकाले यी दुई स्टारको भिडन्त हेर्नलायकको हुने अनुमान गरिएको छ।
प्रभासको 'शाहो' तेलेगुसहित भारतको प्रमूख भाषा हिन्दीको साथमा अन्य क्षेत्रिय भाषामा पनि एकसाथ रिलिज हुनेछ। सिनेमाको टिजर रिलिज भइसकेको छ। टिजरपछि दर्शकका लागि 'साहो' एउटा उत्सुक्ता बनिसकेको छ।
'साहो'मा प्रबासको जोडी बनेर अभिनेत्री श्रद्धा कपुरले अभिनय गरेकी छन्। उनका अलावा निल नितिन मुकेश तथा ज्याकी श्राफ पनि सिनेमामा मूख्य कलाकारका रूपमा देखिनेछन्।
एक्सन जनरामा बनेको यस सिनेमाका एक्सन दृश्यहरू ४० दिन लगाएर संयूक्त अरब इमोरेट्समा छायाँकन गरिएको थियो।
'साहो'लाई सुजिथले निर्देशन गरेका हुन्।