'केदारनाथ' सिनेमाबाट डेब्यू गरेकी सैफअलि खान तथा अमृता सिहंकी छोरी सारा अलि खानले आफ्नो सिनेमा मनपराएर दिएको सकारात्मक प्रतिक्रियाको लागि धन्यवाद दिएकी छन्।
एक भिडियो सन्देशमार्फत उनले नेपाली दर्शकलाई धन्यवाद दिएकी हुन्। सिनेमाका नेपाली वितरकबाट प्राप्त उक्त भिडियो सन्देशमा साराले सुरूमा 'कस्तो हुनुहुन्छ नेपाल' भन्दै आफ्नो भिडियो सन्देश सुरू गरेकी छन्।
भिडियोमा साराले सिनेमाको लागि दिएको माया र सद्भावप्रति आफू आभारी रहेको बताएकी छन्।
केदारनाथ गत साताबाट प्रदर्शनमा आएको छ। सिनेमाले मिश्रित प्रतिक्रिया दर्शकहरू पाइरहेको छ। सारे पहिलो सिनेमामा गरेको कामका लागि भने सबैबाट तारिफ पाइरहेकी छिन्।
हिन्दु युवती र मुसलमान युवकबीचको प्रेमकथामा सिनेमा बनेको छ। यस कथालाई सन् २०१३ मा केदारनाथमा आएको विनाशकारी बाढओको परिदृश्यमा भनिएको छ।
सिनेमामा साराले सुशान्त सिंह राजपुतसँग जोडी बाँधेकी छन्।