मिटु अभियान अन्तरगत यौन उत्पीडनको आरोप लागेका बलिउड निर्देशक साजिद खानलाई भारतीय फिल्म तथा टेलिभिजन एसोसिएसन(आईएफटिडिए)ले एक वर्षको प्रतिबन्ध लगाएको छ।
उनीमाथी रचेल ह्वाइट, करिश्मा उपाध्याय, सिमरन पुरी तथा सलोनी चोपडाले यौन दुरव्यवहारको आरोप लगाएका थिए।
सोको बारेमा छानविन गर्न एसोसोएसनले अक्टुवर ३१ तारिखमा एक कमिटि गठन गरेको थियो। टाइम्स अफ इन्डियामा छापिएको समाचार अनुसार कमिटिको अगाडी साजिदले आफूमाथि लागेको आरोपका बारेमा आफ्नो बचाउका लागि कुनै बयान दिएनन्।
कमिटीका अगाडी उनले पुरूष तथा महिलाहरूसँगको व्यवहार र बोलीमा आफू अभद्र भएको स्वीकार गरे। उनले यौन उत्पीडन गरेको आरोपको भने खण्डन गरे।
त्यस्तै उनले महिलाहरूसँग आफूले सहमतिमा यौन सम्बन्ध गरेको स्वीकार गरेको पनि समाचारमा उल्लेख छ।
यौन उतपीडनको आरोप लागेपछि उनलाई 'हाउसफूल ४'को निर्देशकबाट निकालिएको थियो।
उनी चर्चित बलिउड कोरियोग्राफर फराह खानका भाइ हुन्।