अक्षय कुमार तथा रजनीकान्त स्टारर साइफाइ थ्रिलर सिनेमा '२.०' को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ। रिलिजको दोश्रो सातामा आइपुग्दा हिन्दी संस्करणले यति कमाइ गरेको हो।
सिनेमाले शनिबार ९.२५ करोड भारू कमाइ गरेको वक्सअफिस इन्डिया डटकमले जनाएको छ। सिनेमाले अझै राम्रो कमाइ गरिरहेको पनि साइटको दाबी छ।
हिन्दी संस्करणले २० करोडको सुरूवाती व्यापार गरेको थियो भने सबै संस्करणमा सिनेमाले ६४ करोड भारू कमाइ गरेको थियो।
समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमाले भिएफएक्सका लागि भने उच्च प्रशंसा बटुलेको छ। '२.०'लाई हालसम्मके सर्वाधिक महँगो भारतिय सिनेमा मानिएको छ। सिनेमाको लागत करिब ५४३ करोड भारू रहेको बताइन्छ।