आफ्नो अभिनयबाट दर्शकमाझ छुट्टै परिचय बनाएका बलिउड अभिनेता राजकुमार रावले 'कन्टेन्ट' नयाँ मनोरञ्जन भएको बताएका छन्।
'मेरो विचारमा विषय नयाँ मनोरञ्जन हो। स्क्रिन वा अडियो जेसुकैमा होस्, मानिसहरू नयाँ अनुभव गर्न चाहन्छन्। मनोरञ्जनको परिभाषा परिवर्तित हुँदै गइरहेको छ र म त्यसको हिस्सा बनेर योगदान दिन पाउँदा हर्षित छु', रावले भने।
रावले हालै हुसौन जैदी लिखित उपन्यास 'माफिया क्वीनस हफ मुम्बई'लाई दुई बलिउड अभिनेत्री राधिका आप्टे तथा कल्की कोएच्लिनसँग अडियो वाचनका लागि सहकार्य गरेका छन्। सोहीका सन्दर्भमा कुरा गर्दै उनले माथी उल्लेखित कुरा बताएका हुन्।
रावले त्यस्ता कथाहरू भनिनु महत्वपूर्ण भएको पनि बताए।
'मेरो सोचाइमा एकदमे महत्वपूर्ण छ किनकी आजको मितिमा हामीलाई पुरूष माफियाहरूको बारेमा मात्र थाहा छ तर यस्ता महिलाहरूको बारेमा जान्नु पनि महत्वपूर्ण छ। परिस्थितिले बनाएका उनीहरूका जीवन र संवेदनाहरू जानिनुपर्छ', उनले थपे।
राव पछिल्लो समय 'स्त्री' सिनेमा देखिएका थिए जहाँ उनी कामका लागि प्रशंसित बने। उनले राधिका र कल्कीसँग काम गर्न चाहिरहेको पनि बताए।