पूर्व मिस इन्डिया युनिभर्स एवं बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको विरूद्धमा यौन उत्पीडनको उजुरी दिएकी छन्।
शनिबार उनले अभिनेता पाटेकरले सन् २००८ मा एक फिल्मको सेटमा अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन।
उनले उजुरी दर्ता गराएपनि प्रहरीले सो उजुरी प्राथमिक्ता उजुरीभित्र नराखेको जनाएको छ।
तनुश्रीले अभिनेता पाटेकरले 'हर्न ओके प्लिज'को सेटमा एक गीतको छायाँकनको क्रममा दुर्व्यबहार गरेको आरोप लगाउँदै आएकी छिन्।
दत्ताको आरोपलाई भने पाटेकरले अस्विकार गरेका छन्।
'हाउसफूल ४'को सुटिङ सकेर शनिबार मुम्बई फर्किएका पाटेकरले संवादाताहरूलाई आफूले आठ वर्ष पहिले नै सो आरोप झूठो भएको बताइसकेको भन्दै आफ्नो बचाउ गरेका छन्।
उनले सो सम्बन्धमा मुम्बईस्थित अन्धेरीमा रहेको आफ्नो निवासमा आज पत्रकार सम्मेलन गर्दैछन्।
पाटेकरका वकिलले दत्तासँग माफी माग गर्दै कानुनी सूचना पठाइसकेका छन्।
सो प्रकरणमा तनुश्रीले लगाएको आरोपका अनुसार नानाले सुटिङको सेटमा उनीसँग एकदमै असभ्य व्यवहार गर्ने गरेको र सोको जानकारी फिल्मका निर्मातालाईसमेत गरेको तर आफूलाई कसैले नपत्याएको बताउँदै आएकी छिन्।
तनुश्रीको यस आरोप फेरि सार्वजनिक भएसँगै बलिउड उनको पक्ष तथा विपक्ष दुबै तर्फ उभिएको अवस्था छ।