तेलेगु फिल्मका सुपरस्टार एनटिआरको नयाँ फिल्मको ट्रेलर मंगलबार रिलिज भएको छ। 'अरबिन्द समेथा' फिल्ममा उनलाई एक्सन तथा रोमान्टिक अवतारमा देखाइएको छ। पूजा हेग्डे फिल्ममा उनको जोडी बनेर देखिएकी छन्।
फिल्म दशैमा रिलिज हुनेछ। फिल्मका निर्देशक त्रिविक्रम श्रीनिवास हुन्। यसै फिल्मका लागि उनले कसरत गरेर आफ्नो शरिरलाई विशेषरूपमा परिवर्तन गरेका छन्।
फिल्ममा इशा रेबा, सुनिल, जगपति बाबु, नागाबाबु आदिको अभिनय रहेको छ।