बलिउड अभिनेत्री कंगना रनावतको प्रतिक्षित ऐतिहासिक फिल्म मणिकर्णिकाको टिजर रिलिज भएको छ।
फिल्ममा कंगनाले झाँसीकी रानी बनेर शीर्ष भूमिकामा देखिएकी छन्।टिजरमा ऊनी खतरनाक एक्सन अवतारमा देखिएकी छिन् ।
क्रिसको निर्देशनमा बनेको फिल्मकी निर्मात्री कंगना आफै हुन्। फिल्म उनको महत्वाकाक्षी प्रोजेक्ट हो। फिल्ममा जिशु सेनगुप्ता, सुरेश ओवरोय, ड्यानी डेन्जोङ्पा,अतुल कुल्कर्णी आदिको मूख्य अभिनय रहेको छ।
फिल्मलाई 'बाहुबली' तथा 'भाग मिल्खा भाग'का लेखकले लेखेका हुन्।