भारतको सर्वाधिक महँगो सिनेमा मानिएको '२.०'को टिजर रिलिज भएको छ।
शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ।
फिल्म २०१०मा रिलिज भएको 'रोबर्ट' सिनेमाको सिक्वल हो।
सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ। दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ।
करिब ५५० करोड भारूमा निर्माण भएको सिनेमाले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ।
सिेनमाको टिजर स्थानिय भारतिय समय अनुसार ९ बजे रिलिज गरिएको थियो।
फिल्म टिजरलाई दुई घण्टाको अविधिमा झण्डै ४ लाख ८५ हजार पटक हेरिएको छ।
२९ नोभेम्बरलाई रिलिज मिति तोकेको सिनेमा हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ।