श्रद्धा कपुर तथा राजकुमार राव स्टारर 'स्त्री'ले देवल परिवारको निर्माण तथा अभिनय रहेको 'यमला पगला दीवाना फिरसे'लाई कमाइको मामिलामा पछाडी पारेको छ।
दुबै फिल्म शुक्रबार एकसाथ प्रदर्शनमा आएका थिए। फिल्म रिलिजको दोश्रो दिन 'स्त्री'ले १०.८७ करोड भारतीय रूपैयाँको कमाउँदा 'यमला पगला दीवाना फिरसे'ले ३ करोड भारू मात्र कमाएको छ।
रिलिजको दिन'स्त्री'ले ६.८२ करोड कमाइ गर्दा 'यमला पगला दीवाना फिरसे'ले १.८२ करोड मात्र कमा उन सक्यो।
बलिउड फिल्म व्यापार विश्लेषकहरूका अनुसार 'स्त्री'ले पहिलो सप्ताहन्तमा ३० करोडको कमाइ गर्ने अनुमान गरिएको छ भने 'यमला पगला दीवाना फिरसे'ले १० करोड कमाउने अनुमान गरेका छन्।
समीक्षकीयरूपमा पनि 'यमला पगला दीवाना फिरसे'ले मिश्रित प्रतिक्रिया पाउँदा 'स्त्त्री'ले पनि राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
'स्त्री' वास्तविक घटनामा आधारित सिनेमा हो भने 'यमला पगला दीवाना फिरसे' मशाला फिल्म हो।