अक्षयकुमारको पछिल्लो रिलिज 'गोल्ड'ले वक्सअफिसमा सय करोड भारूको आँकडा पार गरेको छ।
फिल्मले मंगलबार सय करोडको बिन्दु पार गरेको हो। 'गोल्ड'लाई बलिउडको यो सफल मानक पार गर्न झण्डै दुई साताको समय लाग्यो। फिल्मले रिलिज भएको १३ औं दिनमा यो सफलता हात पारेको हो।
यहि मितिमा अर्का अभिनेता जोन अब्राहमको 'सत्यमेव जयत' पनि रिलिज भएको थियो।
दुई स्टारको फिल्म एकै मितिमा रिलिज भएकाले वक्सअफिसमा सय करोड पुर्याउन सहज नहुने अनुमान गरिएको थियो। जोनको फिल्मले ८५ करोड भारूको कमाइ गरेको छ।
'गोल्ड' सय करोड कमाउने अक्षयको ९ औं फिल्म हो।
.