बलिउड अभिनेत्री सोनाली बेन्ड्रेलाई ‘हाई ग्रेड’ क्यानसर भएको छ।
सामाजिक सञ्जालमार्फत उनले आफूलाई उक्त रोग लागेको बताएकी छन्। एक वक्तव्य जारी गर्दै उनले न्युयोर्कमा क्यान्सरको उपचार गरिरहेको र जीवनमा आउने हरेक संघर्षका लागि तयार भएको उल्लेख गरेकी छन्।
‘सहनै नसक्ने पीडाका कारण अस्पताल पुगेकी थिएँ। मलाई क्यानसर भएको पत्ता लाग्यो,’ उनले लेखेकी छन्, ‘मेरो परिवार, साथीभाइ एवं शुभेच्छुकले मलाई साथ र सहयोग पुर्याइरहनु भएको छ। म एकदमै भाग्यमानी छु।’
सोनालीले रोग निको हुनेमा आशावादी रहेको बताउँदै क्यानसरसँगको लडाइँमा निरन्तर लागिरहने उल्लेख गरेकी छन्।
फिल्म ‘आग’बाट बलिउडमा डेब्यू गरेकी उनले ‘हम साथ है’, ‘सरफरोज’, ‘दिलजले’, ‘दिवाना मे तेरा’लगायतका फिल्ममा अभिनय गरेकी छन्।