शुक्रबार रिलिज हुने बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी (एमजी' बुझाइएको छ।
नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ।
पौडेलले ट्रेलरले राम्रो चर्चा बटुलेकाले फिल्मले सो लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए। फिल्म नेपालका १३० बढी सिनेमा घरमा रिलिज हुने पौडेलले बताएका छन्। 'रेस ३'ले नेपालमा सोलो रिलिज पाएको छ। सलमानले एक भिडियो रिलिज गर्दै नेपाली दर्शकहरूलाई ईदको शुभकामना दिदैं रेस ३ हेर्न आग्रहसमेत गरेका छन्।
'रेस ३'मा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ।