सुपरहिट मराठी फिल्म 'सैराट'को हिन्दी रिमेक 'धडक'को ट्रेलर सार्वजनिक भएको छ।
फिल्ममा स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूर र अभिनेता साहिद कपूरका सौतेनी भाई इशान खट्टरले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
फिल्मी घरानाका दुई सन्तानको बलिउड डेब्यू फिल्म भएकाले 'धडक'लाई विशेष चासोका साथ हेरिएको छ।
करण जोहर, हिर्रो यश जोहर र अपूर्व मेहताले निर्माण गरेको फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् ।
फिल्म जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ ।
फिल्म २० जुलाईमा रिलिज हुनेछ।