पछिल्लो फिल्म 'दंगल'बाट समिक्षक तथा वक्सअफिसमा अब्बल ठहरिएका बलिउड अभिनेताको 'ठग्स अफ हिन्दुस्तान' दर्शकका लागि प्रतिक्षित बनिसकेको छ। करियरको सुरूवातमा प्रेमी युवाको भूमिकामा पर्दामा आफूलाई पेस गरेका आमिरले विस्तारै आफूलाई अर्थपुर्ण भूमिकाहरूमा प्रस्तुत गर्न थाले। उनको त्यो कदमले उनलाई बलिउडका तीन खान मध्ये सदैव अगाडी उभ्याउन सफल रहिरहे।
मिस्टर फर्फेक्सनिष्टको उपाधि पाएका आमिरका फिल्मले दर्शकको मन जित्दै आएको छ।आमिरका थुप्रै फिल्मले वक्सअफिसमा गतिलो कमाइ गरेका छन्। उनको यस सफलताको पछाडी धेरैले उनको फिल्म छनौटलाई कारक मान्छन्। धेरैले उनको स्क्रिप्ट छनौटको तारिफ गर्ने गर्छन्। उनी आफूलाई स्क्रिप्ट मनपरेपछि त्यस पात्रमा ढल्न जे पनि गर्छन्।
सहि स्क्रिप्ट छनौटका कारण उनले कयौं सुपरहिट फिल्म दिएका छन्। यसरी फिल्म छनौट क्रममा आमिरले त्यस्ता फिल्म पनि छाडेको पाइन्छ जो पछि उस्तै सुपरहिट बनेका छन्। 'हम आपके हे कौन' त्यसको एउटा प्रतिनिधि उदाहरण हो। फिल्मको पहिलो अफर आमिरलाई थियो। उनले फिल्म गरेनन पछि फिल्म सलमानको पोल्टामा गयो।
यसरी आमिरले छाडेका पाँ फिल्म पछि शाहरुखले खेलेका छन्। ती फिल्मको नियति पनि 'हम आपके हे कौन' जस्तो भयो। यसमा डर, दिलवाले दुल्हनिया ले जायँगे, दिल तो पागल है, मोहब्बते तथा स्वदेश जस्ता फिल्म पर्छन। 'जोश' फिल्म अर्को एउटा नाम हो जसमा निर्देशक शाहरूख र आमिरलाई एकसाथ ल्याउन चाहन्थे। यसरी आमिरले खेल्न अस्विकार गरेका १० फिल्मको सूचि यस्तो छ:
१. हम आपके है कौन (१९९४)
२. साजन (१९९१)
३. डर (१९९३)
४. १९४२ अ लभ स्टोरी (१९९४)
५. दिलवाले दुल्हनिया ले जायगें (१९९५)
६. दिल तो पागल हे (१९९७)
७. मोहब्ते (२०००)
८. नायक (२००१)
९. स्वदेश (२००४)
१०. बजंरगी भाइजान (२०१५)