तिहारको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माणपक्षले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलर फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र विजय बराल बरपर घुमेको छ। यी दुईको रोचक टकराब ट्रेलरमा देख्न सकिन्छ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको 'वरिष्ठ बलराम' मा दयाहाङ र विजयका साथमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मको निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्।
'वरिष्ठ बलराम' कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुनेछ।
यो पनिः 'वरिष्ठ बलराम' मा दयाहाङ राई भर्सेस विजय बराल, कथाबारे के भन्छन् उनीहरू?
यस्तो छ ट्रेलर: