वर्षकै प्रतीक्षितमध्येको फिल्म 'जारी २' भाइटीकामा प्रदर्शनमा आउने भएको छ।
यसअघि असोज ३ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म एक महिना पछि सरेको हो। निर्माण कम्पनी बाँसुरी फिल्मले मंगलबार पोस्टर ल्याउँदै फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेको हो।
जेनजी आन्दोलन र त्यसपछि सिर्जित परिस्थितिलाई मध्येनजर गर्दै असोज ३ मा फिल्म नल्याउने निर्देशकले बताएका थिए।
फिल्म अब कहिले रिलिज हुन्छ भन्ने जिज्ञासाकाबीच निर्माणपक्षले प्रदर्शनका लागि भाइटीका रोजेको हो।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको 'जारी २' मा दयाहाङ राई, मिरूना मगर, ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ।
रामबाबु गुरूङ, मधु मिजार र जिवन गुरूङ यस फिल्मको निर्माता हुन्।
