फिल्म 'यो मन त मेरो नेपाली हो' को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक ट्रेलरमा राष्ट्रियता, पहिचान र अस्तित्व बचाउन गर्ने संघर्षको कथा देखाइएको छ। नेपाली भाषा, कला र संस्कृति जोगाउन फिल्मका पात्रहरूले गर्ने संघर्षको कथा यसमा छ।
नर प्रधान 'मित्र' को निर्देशनमा बनेको फिल्ममा विजय बराल, विल्सनबिक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुशा समाल, बिजिता परियारलगायत कलाकारहरूको अभिनय छ।
शिवम अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मको निर्माता ज्ञानबहादुर प्रधान हुन्।
'यो मन त मेरो नेपाली हो' यही असार २७ गतेदेखि देशभरका हलमा प्रदर्शन तयारीमा छ।