चर्चित गायिका शान्तिश्री परियारले आफ्नै प्रस्तुतिमा 'टिस्टा खोला' बोलको गीत सार्वजनिक गरेकी छन्।
शान्तिश्रीकै युट्युबबाट सार्वजनिक गीतका शब्द उनका श्रीमान नारायण भुजेलले लेखेका हुन्।
टिस्टा खोला बगे झै कली कली
तिम्रै तस्बिर आँखैमा झलीझली
प्रेम विरहको यो गीतमा शान्तिश्री र अर्जुन सापकोटाको स्वर छ। संगीत शान्तिश्री स्वयंले तयार पारेकी हुन् भने संगीत संयोजनको काम सुदीप सागरले गरेका छन्।
गीतको भिडिओमा शान्तिश्री स्वयंले अभिनय गरेकी छन्। उनलाई अभिनयमा सुरेश कोहलीले साथ दिएका छन्।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।
एकपछि अर्को सुपरहिट गीत गाइरहेकी शान्तिश्रीले महिनौपछि अफिसियल गीत ल्याएकी हुन्। गीतले स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
भिडिओः