ऐतिहासिक कथामाथि बनेको फिल्म 'जार' लाई ललितपुरमा भव्य प्रिमियर गरिएको छ।
मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्मको टिमसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। प्रिमियरअघि केही समय मौलिक नाचगान प्रस्तुत गरियो।
सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो, जहाँ फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा 'जार' बनेको हो।
फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा सौगातसहित अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका छ। गीताञ्जली भारतको राष्ट्रिय चलचित्र अवार्ड जितेकी अभिनेत्री हुन्।
फेरि टेल पिक्चर्सले निर्माण गरेको 'जार' ऐतिहासिक र सामाजिक विषयमा बने पनि पूरा प्याकेज भएको निर्माण पक्षले जनाएको छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
'जार' शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो।
तस्बिरमा हेर्नुहोस् प्रिमियरअघि हलबाहिर देखिएको दृश्य। सबै तस्बिरहरू– नवीनबाबु गुरूङ
-1746534356.jpeg)
-1746534356.jpeg)
-1746534356.jpeg)
-1746534355.jpeg)
-1746534355.jpeg)
-1746534354.jpeg)
-1746534354.jpeg)
-1746534353.jpeg)
-1746534351.jpeg)
-1746534352.jpeg)
-1746534352.jpeg)
-1746534352.jpeg)
-1746534350.jpeg)
-1746534350.jpeg)
-1746534349.jpeg)
-1746534349.jpeg)
-1746534349.jpeg)
-1746534349.jpeg)
-1746534347.jpeg)
-1746534348.jpeg)
-1746534348.jpeg)
-1746534347.jpeg)