जेठ २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'हेल्लो काँशीराम' को टिजर सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक टिजरमा देशमा व्याप्त व्यथितिमाथि तिखो व्यङग्य गरिएको छ।
कमेडी जनरामा रहेर बनेको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्।
फिल्ममा दीलिप रायमाझी शीर्ष भूमिकामा देखिएका छन्। साथमा, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई 'फुलन्देको आमा', अर्जुन गुरूङ, नवज्योती रसाइली, लक्ष्मी भुसाल, उमेश मायालु, शान्ता ढकाल, सुमन खाँण, लगायत कलाकारहरूको अभिनय छ।
अभिनेत्री प्रियंका कार्की फिल्ममा विशेष भूमिकामा रहेको निर्माण टिमले जनाएको छ।
रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पि. बि. थापा हुन्।
भिडिओः