यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'पिताम्बर' को नयाँ गीत सार्वजनिक गरिएको छ। आइतबार 'लास्ट च्वाँक छे यार' बोलको गीत बुढासुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ। यसको शब्द 'पिताम्बर' की निर्देशक कृषा चौलागाईंका हुन्।
भिडिओमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ। सुरक्षाप्रति सौगातको प्रेमभावलाई गीतमा प्रस्तुत गरिएको छ।
तराइको लोकेसनमा भिडिओ खिचिएको छ भने त्यहाँको परिवेशलाई पनि देखाइएको छ। कविराज गहतराजले भिडिओको कोरियोग्राफी गरेका हुन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा बनेको 'पिताम्बर' मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराई लगायतको अभिनय छ।
बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरूषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।
एक्सन जनरामा बनेको 'पिताम्बर' नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको हो। यसलाई देशभरका हलमा आरआर फिल्मसले वितरण गर्दैछ।