कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धीहरूले नयाँ कमेडी शो सार्वजनिक गरेका छन्।
च्याम्पियनको तेस्रो सिजनका प्रतिस्पर्धीहरू धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरेले नयाँ कमेडी शो 'अँ प्रश्न के हो' ल्याएका हुन्।
शो को पहिलो एपिसोड बुधबार युट्युब च्यानल 'ओएसआर रियालिटी' बाट सार्वजनिक भएको छ।
उक्त शो व्यंग्यात्मक अन्तर्वार्ताको फर्म्याटमा रहेको छ। पहिलो एपिसोडमा प्रेम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारेक्टरमा देखिएका छन्।
उनी हरेक एपिसोडमा फरक फरक क्यारेक्टरमा देखिने निर्माण पक्षले जनाएको छ।
ओएसआर रियालिटीबाट उक्त शोको २६ वटा एपिसोड आउने बताइएको छ।
शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहेछ।
शो को निर्देशन विनोद श्रेष्ठले गरेका हुन्।