गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा कन्सर्ट सुरू भएको छ।
'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत् संगीतप्रेमीमाझ उनी गुञ्जिरहेका छन्।
साढे २ वर्षपछि काठमाडौं उपत्यकामा उनको कन्सर्ट भएको हो।
उनको कन्सर्ट हेर्न हजारौं दर्शक उपस्थित भएका छन्।
कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ।
केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्मो दिएका थिए।