ब्राजिलियन डिजे एलोकले ठमेलस्थित लर्ड अफ द ड्रिङ्स (एलओडी) क्लबमा सांगीतिक प्रस्तुति दिने भएका छन्। उनले यही मार्च ७ तारिख शुक्रबार प्रस्तुति दिने जनाइएको छ।
उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन्। उनको प्रस्तुति हुने दिन क्लबले टिकटको मूल्य २ हजार र ३ हजार रुपैयाँ निर्धारण गरेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए।
कुँवरका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्नेछन्। डान्स फ्लोरको २ हजार र भिआइपीको ३ हजार रुपैयाँ राखिएको उनले बताए। क्लबले अग्रिम टिकट बिक्री भइसकेको जनाएको छ।
क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ। टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरिएको छ।
यसअघि पनि एलओडीमा बलिउड कलाकारहरू नेहा कक्कर, अरमान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसकेका छन्। त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपिक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन्।