केशव पाण्डेको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म '११: ५५' (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक फिल्मको पहिलो गीत 'रोक्ने छैन' मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र डेब्यू अभिनेता सागर खनाल फिचर्ड छन्।
फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखनमा डेब्यू निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन्।
अल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।
विचित्र फिल्म्स र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।