नेपाली फिल्म 'ताण्डवम्' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ।
'त्यो रात के भयो?' भन्ने सवांदबाट सुरु भएको फिल्मको ट्रेलर 'भगवान पनि म, अनि राक्षस?' बाट अन्त्य गरिएको छ। यो फिल्ममा दर्शकले प्रेम, द्वन्द्व, सस्पेन्स तथा बदलाको कथा हेर्न पाउने अनुमान गर्न सकिन्छ।
कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको 'ताण्डवम्' फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
निर्देशक जुनिमले फिल्मका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।
फिल्ममा सरिना मगर, पुष्कर गुरूङ, प्रेम सुब्बा, , कंकित खड्का, अनोज पाण्डे, जुनिम गहतराज, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय छ।
एक नव विवाहित जोडी, जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई फिल्ममा पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण गरेको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर, मनिष गौतम र दिपिका गजमेर हुन्।
फिल्मको कथा, पटकथा तथा संवाद अनिरूद्र आत्रेय र हुसेनले लेखेका हुन्। हरि घले लामाको छायांकन रहेको फिल्ममा, सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत, कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ।
भिडिओः