दयाहाङ राई र आँचल शर्माको मुख्य अभिनय रहेको दीपेन्द्र लामा निर्देशित फिल्म 'दु:खी आत्मा' को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा प्रेम र यौन मनोविज्ञानलाई चित्रण छ।
यो फिल्ममा दयाहाङ कविको भूमिकामा छन्। उनीप्रति युवतीहरूको आकर्षण र उनमा रहेको शारीरिक दुर्बलतालाई ट्रेलरमा देखाइएको छ।
एडल्ट ड्रामा भनिएको 'दुखी आत्मा' को ट्रेलरमा फिल्ममा रहेका प्रसस्त संवादहरू समेत सुन्न सकिन्छ।
फागुन २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका यसअघि सार्वजनिक गीत, 'ब्रेकअप' कविता र टिजरले राम्रो चर्चा पाएका छन्। फिल्ममा कवि श्रवण मुकारूङका १० वटा कविता समावेश छन्।
क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक दीपेन्द्र लामा स्वयंको हो। निर्माता हिमाल कडरिया हुन्।
फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरूङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधर , शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय छ।
सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ।
'दु:खी आत्मा' भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।