काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा 'नेपाल आर्ट एक्स्पो २०२५' सुरू भएको छ।
बिहीबारदेखि सुरू भएको एक्स्पोमा १४ देशका एक सय १९ कलाकारको कला समेटिएको छ।
एक्स्पो ४ दिन चल्नेछ।
एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन्।
एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन्।
तस्बिरहरू: