'बुलाकी' ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। बुधबार शितल निवासमा आयोजित 'राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह' मा 'बुलाकी' लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको हो।
चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरिएको हो।
विपिन कार्कीलाई प्रसाद २ बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड दिमाग खराबबाट स्वस्तिमा खड्काले पाइन्।
निश्चल बस्नेतले फिल्म दिमाग खराबबाट उत्कृष्ट निर्देशकको अवार्ड पाए।
समारोहमा नेपालको पहिलो फिल्म 'आमा' की अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरियो।
राष्ट्रिय चलचित्र पुरस्कार २०८० विजेताको सूची
उत्कृष्ट फिल्मः बुलाकी
उत्कृष्ट अभिनेताः विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट छायांकनः शिव ढकाल (बुलाकी)
उत्कृष्ट सम्पादनः मित्र डी गुरूङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्मः लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार, अभिनेत्रीः स्वस्तिमा कार्की (टुल्की)
व्यवसायिक फिल्मः जारी
विशेष योगदान सम्म्मानः
तैयव शाह– कलाकार
कृष्णप्रसाद रायमाझी– प्रदर्शक
नारायण प्रधान– द्वन्द्व निर्देशक
विद्या कार्की– कलाकार
नरेन्द्र महर्जन– प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव– कलाकार/निर्माता
भोज बहादुर गुरूङ– निर्देशक/निर्माता
अमुल कार्की ढली– संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ– प्रदर्शक
बुद्धि तामाङ– कलाकार
सबिता गुरूङ– कलाकार
विशेष चलचित्र पुरस्कारः
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मानः
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)