गुरूङ समुदाय लक्षित फिल्म निर्माण, निर्देशन तथा अभिनयमा सक्रिय प्रीतम गुरूङले फिल्म 'मुख्या' को छायांकन सकेका छन्। 
२०५२ सालमा बनेको पहिलो गुरूङ फिल्म पाते (माहिली) का लेखक तथा अभिनेता गुरूङको 'मुख्या' ५० औं फिल्म हो। 
'गुरूङ समुदायमा जेठो छोरालाई मुख्या भन्ने चलन छ। मुख्याको पुट्पुटे गर्ने संस्कार छ। यही संस्कृतिभित्रको विकृति कोट्याउने पारिवारिक कथामा फिल्म बनाएको छु,' प्रीतमले भने। 
उत्तरी लमजुङको एउटा गाउँमा फिल्मको छायांकन गरिएको छ।
फिल्ममा टिकाराम घले, विष्णु गुरूङ, रिया गुरूङ, सविना गुरूङ, रेशम गुरूङ, सुमन गुरूङ, दिनेश गुरूङ लगायत कलाकारले अभिनय गरेका छन्। 
'मुख्या' को लेखन तथा निर्देशन प्रीतम गुरूङको छ। निर्माण रोधी डिजिटलले गरेको हो।
